सोमबार, भदौ २९, २०८३

इन्द्रजात्रामा झगडा हुँदा किशोरको हत्या

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– न्युरोड मखनगल्लीस्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको गए राती हत्या भएको छ। इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो।

इन्द्रजात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।

सुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएका कार्कीले थप उपचारका लागि शिक्षण अस्पतालमा रिफर गरिएको थियो। हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कुमोध ढुंगेलले बताए।

प्रकाशित: Oct 03, 2023| 11:37 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्