शनिबार, वैशाख २६, २०८३

आगामी वैशाख दोस्रो साताबाट कक्षा १२ को परीक्षा

आज बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ वैशाख दोस्रोदेखि सञ्चालन गरिने सूचना जारी गरेको हो।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले चालू शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ। आज बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ वैशाख दोस्रोदेखि सञ्चालन गरिने सूचना जारी गरेको हो।

National life

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्र पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ। नतिजा २०८१ साउन तेस्रो साताभित्र सार्वजनिक गरिनेछ।

कक्षा १२ को परीक्षा फाराम १ पुसबाट खुलाएर १५ माघभित्र अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका बोर्डले सार्वजनिक गरेको छ।

कक्षा ११ को परीक्षा विद्यालयले २०८१ जेठ पहिलो सातामा गर्नुपर्ने बोर्डले सूचनामा उल्लेख गरेको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम १५ पुसबाट खुलाएर १५ माघसम्म भर्ने समयावधि तोकिएको छ।

 

प्रकाशित: Oct 03, 2023| 11:28 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्