शनिबार, जेठ २३, २०८३

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

National life

साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ। यो प्रणाली सक्रिय रहँदा नेपालबाट मनसुन बाहिरिन ढिलाइ हुने महाशाखाले जानकारी दिएको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले बताएको छ।

दिउँसो देशभर सामान्य बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले बताएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ महाशाखाले बताएको छ।
 

Shivam cement

प्रकाशित: Oct 03, 2023| 06:28 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्