शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चोरीको गाडी र ८० थान मोबाइलसहित रामेछापका मिलन श्रेष्ठ पक्राउ 

चोरीको गाडी र ८० थान मोबाइलसहित रामेछापका मिलन श्रेष्ठ पक्राउ 

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं- प्रहरीले काठमाडौंको न्युरोडबाट राजस्व छलीका विभिन्न मोबाइल र चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिकाका–६ का २९ वर्षीय मिलन श्रेष्ठ रहेका छन्।

National life

उनी अहिले काठमाडौंको कागेश्वरी मनहरा नगरापलिका–७ मा बस्दै आएका छन्। 

न्युरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाएको सूचनाको आधारमा उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई ८० थान मोबाइल र बा १९ च ५०९४ नम्बरक गाडीसहित पक्राउ गरेको हो।

थप कारबाहीका लागि उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पठाइएको छ।

प्रकाशित: Oct 02, 2023| 18:50 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्