बिहीबार, असोज २, २०८२

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा दाहाल

 |  सोमबार, असोज १५, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। आइतबार राजधानीमा सम्पन्न महासंघको आठौं साधारणसभाले दाहाललाई निर्विरोध चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।

Kumaribank

यसैगरी प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्धितिय उपाध्यक्षमा दिलीप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्वाचित भएका छन्।

लेखा समितिको संयोजकमा कमल रिजाल भए भने सदस्यहरुमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, इश्वरी मरासैनी, नुदप्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे निर्वाचित भएका छन्।

सर्वोच्च अदालतको आदेश विपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढंगबाट बिक्री वितरण भइरहेको पुस्तक तथा कापीहरूलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसर नराख्ने बताएको छ।

प्रकाशित: Oct 02, 2023| 18:31 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्