शनिबार, जेठ २३, २०८३

५ दिनमा चीनबाट तस्करी गरिएको १२ किलो सुन बरामद

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएको ६० किलो सुन बरामद भएपछि तस्करी गर्ने गिरोहले मार्ग परिवर्तन गरेका छन्। उनीहरुले सुन तस्करीका लागि सडकमार्ग प्रयोग गर्न थालेको पाइएको छ। 

National life

पछिल्लो एक सातामा चीनबाट तस्करी गरिएको १२ किलो सुन बरामद गरिएको छ। दोलखाको उत्तरी नाका लामाबगरबाट मात्रै पाँच दिनको अवधिमा ११ किलो सुन बरामद भएको छ। बुधबार र शनिबार सात किलो सुन बरामद गरेको प्रहरीले आइतबार त्यहाँबाट थप चार किलो सुन बरामद गरेको छ। त्यसैगरी शनिबार नै रसुवाबाट एक किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले लामाबगरस्थित बारीमा लुकाएर राखेको अवस्थामा सुन बरामद गरेको हो। सुन कसले र कहाँबाट ल्याएर राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त सुन प्रकरणमा जोडिएका सातजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

पक्राउ पर्नेमा दोलखा बिगु–१ का राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र चसमान तामाङ छन्। रसुवाबाट पक्राउ परेका विशाल तामाङलाई सीआईबीको टोलीले आईतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

चीनसँग सीमा जोडिएको दोलखा र रसुवाबाट सुनसहित मानिस पक्राउ पर्न थालेपछि सीआईबीको टोली रसुवा र दोलखा पुगेको छ। ती ठाउँबाट भइरहेको सुन तस्करीमा पनि ६० किलो सुन भित्र्याउने समूह नै सक्रिय रहेको र विमानस्थलको प्रयोग नगरी स्थलमार्ग हुँदै तस्करी गर्न थालेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 
 

Shivam cement

प्रकाशित: Oct 02, 2023| 18:30 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्