मंगलबार, फागुन २६, २०८२

गम्भीर रोगको कारण बन्न सक्छ लिभरको यस्तो समस्या

शरीरलाई स्वस्थ बनाउने चाहना जोकोहीमा हुन्छ। तर, फेरिँदो जीवनशैलीका कारण दिनहुँ मानिस नयाँ-नयाँ रोगको सिकार हुने गरेको छ।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं- शरीरलाई स्वस्थ बनाउने चाहना जोकोहीमा हुन्छ। तर, फेरिँदो जीवनशैलीका कारण दिनहुँ मानिस नयाँ-नयाँ रोगको सिकार हुने गरेको छ। अस्वस्थ जीवनशैलीका कारण खानामा हुने पौष्टिक तत्त्वको कमीले थुप्रै रोगको जोखिम बढेको छ।

National life

सोही कारणमाले मानिसमा मुटु, फोक्सो, मिर्गौला तथा कलेजको लगायत थुप्रै अंगमा रोगको संक्रमण भइरहेको छ। स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय लिभरसँग जोडिएका समस्या बढ्दै गएको छ।

कलेजोलाई शरीरको पावरहाउस भनिन्छ। लिभरले शरीरका बेकार पदार्थलाई फिल्टर गरेर आवश्यक पोषकतत्व तथा पेय पदार्थको प्रशोधन गर्छ। तर, लिभरमा फ्याटको मात्रा बढ्दा गम्भीर क्षति पुग्छ।

भारतको सिके बिड्ला हस्पिटल गुडगाउँका डिपार्टमेन्ट अफ ग्यास्ट्रोलोजी विशेषज्ञ डा. अनुकल्प प्रकाशका अनुसार लिभरमा जम्मा हुने फ्याटका कारण लिभर सुन्निने समस्या हुन्छ। केही अवस्थामा लिभरले कामनै गर्न छोडिदिन्छ। फ्याटी लिभर दुई प्रकारको हुन्छ। एक अल्कोहलिक फ्याटी लिभर हो भने अर्को गैर अल्कोहलिक फ्याटी लिभर हो।

लिभरका रोगीका लागि अल्कोहल निकै हानिकारक मानिन्छ। गैर अल्कोहलिक फ्याटी लिभर डिजिजको समस्या रक्सी नपिउने मानिसमा पनि देखिन सक्छ।

Laxmi sunrise bank
kumari

फ्याटी लिभरको समस्या भएका मानिसमा पेटको दाहिने पट्टी दुख्ने समस्या देखिन सक्छ। गम्भीर स्थितिका बिरामीमा नाकबाट रगत बग्ने, थकान लाग्ने, तौल घट्ने, पेट सुन्निने, खुट्टा सुन्निने, आँखा पहेँलो हुनेलगायत समस्या देखिन्छन्। यस्ता लक्षण देखिँदा मानिसले विशेष सावधानी अपनाउनुपर्छ।

तनाव, मोटोपन, मधुमेह, कोलेस्ट्रोल जस्ता कारणले फ्याटी लिभर हुन्छ। फ्याटी लिभरको समस्या पत्ता लगाउनका लागि विशेष परीक्षणको आवश्यकता पर्छ। यसमा मेडिकल हिस्ट्री, अल्ट्रासाउन्ड, सिटी स्क्यान, रगतको जाँच, लिभरको बायोस्कोपी गर्नुपर्छ। 

फ्याटी लिभर भएका मानिसले औषधिको सेवन गर्नुपर्ने हुन्छ। यसका साथै जीवनशैली र आहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ।

प्रकाशित: Oct 03, 2023| 05:50 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्