बिहीबार, असोज २, २०८२

डाक्टरलाई सुरक्षा दिन समिति गठन

स्वास्थ्यकर्मीमाथि दैनिक आक्रमण हुन थालेपछि मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको हो।
 |  सोमबार, असोज १५, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet

काठमाडौं– स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबीच समन्वय कायम गर्न समिति गठन गरेको छ। स्वास्थ्यकर्मीमाथि दैनिक आक्रमण हुन थालेपछि मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको हो।

Kumaribank

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि निरन्तर आक्रमण हुन थालेपछि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ५ अनुसार समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका अवाञ्छित घटनाका सम्बन्धमा एवं स्वाथ्यकर्मीसँगको सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समितिले छलफल सुरु गरिसकेको उनको भनाइ थियो।

समितिले स्वास्थ्यकर्मीको सुरक्षा प्रतिकूल हुने गरी कुनै स्वास्थ्य संस्थामा भएका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने र अनुसन्धानमा सहयोग गर्ने, अदालतको फैसलाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका तर्फबाट सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिलाउनेछ। स्वास्थ्य संस्थामा आगलागी गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ देखि ५ लाखसम्म जरिमाना वा दुवै सजायको व्यवस्था गरिएको छ। 

यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी गर्ने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्याउनेलाई तीन वर्षसम्म कैद वा ३ लाखसम्म जरिमाना वा दुवै सजाय व्यवस्था गरिएको छ।

Metro Mart

स्वास्थ्य संस्थामा तालाबन्दी गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचारमा कुनै किसिमको बाधा पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्नेलाई एक वर्षसम्म कैद वा १ लाखसम्म जरिमाना वा दुवै सजायको व्यवस्था गरिएको छ।

मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हातपात गर्नेलाई दफा ३ बमोजिम सजायको व्यवस्थालाई अस्पताल परिसरभित्र सबैले देख्ने गरी टाँस्न अनुरोध गरेको छ।

प्रकाशित: Oct 02, 2023| 16:41 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्