शुक्रबार, साउन १, २०८३

कोरोना खोपको प्रविधि अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

आज नोबेल पुरस्कार समितिले वैज्ञानिकद्वय ड्रयु वेसम्यान र क्याटलिन कारिकोलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं– कोरोनाविरुद्धको खोपमा प्रयोग गरिएको प्रविधिमा आधारित भएर अनुसन्धान गरेका दुई वैज्ञानिकलाई यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइने घोषणा गरिएको छ।

आज नोबेल पुरस्कार समितिले वैज्ञानिकद्वय ड्रयु वेसम्यान र क्याटलिन कारिकोलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

सन् २०१९ को अन्त्यबाट संसारभरि कोरोना महाव्याधी सुरु भएको थियो। कोरोनाका कारण  विश्वरभर करिब ७० लाख मानिसको मृत्यु भएको आँकडा विश्व स्वास्थ्य संगठनको छ। कोरोनाले विश्व लपेटेपछि वैज्ञानिकहरूले कोभिडविरुद्ध मोडेर्ना, फाइजर खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरेर परीक्षण थालेका थिए।

सन् १९५५ मा जन्मिएकी कारिको हंगेरीस्थित  जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आबद्ध छन्। यस्तै, सन् १९५९ मा अमेरिका जन्मिएका वेसम्यान युनिभर्सिटी अफ पेन्सिलभेनियामा  आबद्ध रहेको नोबेल पुरस्कार समितिले जनाएको छ।

प्रकाशित: Oct 02, 2023| 16:29 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्