शुक्रबार, वैशाख २६, २०८२

हेटौंडामा बस र विंगर एकापसमा ठोक्किँदा ९ यात्रु घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाईमा आज बिहान सवारी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका हुन्।
 |  सोमबार, असोज १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं– बागमती प्रदेश मुकाम हेटौंडामा आज विंगर र बस एकापसमा ठोक्किँदा ९ यात्रु घाइते घएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाईमा आज बिहान सवारी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका हुन्।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २–०३–००१ज२११ नम्बरको विंगर र नेपालगञ्जबाट सिन्धुली जाँदै गरेको ना७ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारका लागि हेटौंडा अस्पताल लगिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन्। दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान हुँदै गरेको उनले जानकारी दिइन्।

प्रकाशित: Oct 02, 2023| 16:10 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्