सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सचिव मधु मरासिनी र टेलिकम प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

सचिव मधु मरासिनी र टेलिकम प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं- नेपाल सरकारका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुविरुद्ध २३ करोड २७ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ। ६ वर्षअघि नेसनल पेमेन्ट गेटवे खरिद गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको छ। कमिसनको चक्करमा किनिएको एक्त गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

यो मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

यस्तै एआईटीसीका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, एनआईटीसीका तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, एनआईटीसीका कम्युटर इन्जिनियर रामशरण गायक र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढाविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ।

नेशनल पेमेण्ट गेटवेका लागि २५ करोडका सामग्री किनिएको आरोपपत्रमा उल्लेख छ। ती सामग्री र उपकरण अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन्।

यस्तो छ आरोपपत्र

 

प्रकाशित: Oct 02, 2023| 14:43 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्