शनिबार, जेठ २४, २०८२

सवारी दुर्घटनामा परेर वार्षिक झन्डै तीन हजारको मृत्यु

पछिल्लो पाँच वर्षमा देशभर झन्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु र हजारौं घाइते भएको प्रहरी तथ्यांक।
 |  सोमबार, असोज १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet

काठमाडौं– सवारी अनुशासन उल्लंघन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन रहेको पाइएको हो।

पछिल्लो पाँच वर्षमा देशभर झन्डै १३ हजार मानिसको गाडी दुर्घटनाबाट मृत्यु भएको छ। हजारौं घाइते भएका छन्। गत एक वर्षमा मात्रै देशमा झन्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन्। सवारी साधनको संख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढिरहेको प्रहरीको दाबी छ।

त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ। यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ।

जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायत बताउँछन्। उनले सचेतना अभियान देशभरी सञ्चालन गर्न जरुरी रहेको औंल्याए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसअलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ। ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा रहेको छ। अहिले अवस्था पनि त्यस्तै भइरहेको छ। 

National life insurance

यस्तै, सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उनले बताए। ‘तर, मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लंघन नै रहेको छ’, उनले भने।

यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औंल्याइएको छ। त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उनले जानकारी दिए। यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने उनको भनाइ छ।

प्रकाशित: Oct 02, 2023| 12:54 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्