शनिबार, जेठ २३, २०८३

आममाफीको विषयमा राष्ट्रपतिलाई रास्वपाको ध्यानाकर्षण

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०
National life
Shivam cement

काठमाडौं- योगराज (रिगल) ढकाललाई आममाफी दिएको विषयमा रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएको छ। पार्टी सभापति रवि लामिछानेसहित नेताहरू यसका लागि शीतल निवास पुगेका हुन्।  

संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले संकल्प प्रस्तावसमेत दर्ता गर्ने भएको छ। हिजोको स‌ंसद् बैठकमा रास्वपा सभापति लामिछानेले संविधान दिवसको अवसरमा जघन्य अपराधका दोषीलाई आममाफी दिइएको विषयमा आपत्ति जनाएका थिए।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। ढकाल तरूण दलका नेतासमेत हुन्।

प्रकाशित: Oct 02, 2023| 10:34 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्