शुक्रबार, वैशाख २६, २०८२

एमसीसी प्रमुख अलब्राइट काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्ने

 |  सोमबार, असोज १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet
triton college
National life insurance

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ। एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो।

गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ।

प्रतिनिधिमण्डलले आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ। नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ। 

प्रकाशित: Oct 02, 2023| 09:47 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्