शुक्रबार, वैशाख २६, २०८२

ढुंगामुनि लुकाइएको चार किलो सुन बरामद

 |  सोमबार, असोज १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

vianetvianet

प्रहरीले दोलखाको बिगु गाउँपालिका लामाबगरबाट चार किलो सुन बरामद गरेको छ।

triton college

बिगु गाउँपालिका-१ लामाबगर बस्ने अशोक मगरको घरपछाडि ढुंगामुनि लुकाएको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

यो सुन तिब्बतबाट फलेक नाका हुँदै भित्रिएको प्रहरीको आशंका छ। लामाबगर बीओपीको सशस्त्र र इप्रका सिंगटी प्रहरीको संयुक्त टोलीले सुन बरामद गरेको हो।

यसअघि गएको बुधबार राति किलो र शुक्रबार चार किलो सुन बरामद भएको थियो। त्यसको अनुसन्धानका क्रममा आइतबार थप सुन बरामद भएको हो।

प्रकाशित: Oct 02, 2023| 07:12 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्