आइतबार, जेठ २४, २०८३

सवारी दुर्घटनामा पाँचको मृत्यु, चारजना मृत फेला

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

रौतहट, माधवनारायण नगरपालिका-२ खेसरहिया शिव मन्दिरस्थित सडकमा प्र.२-०२- ००१ स ६४०३ नम्बरको ई-रिक्साबाट लडेर रिक्सामा सवार सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र रायको शनिबार दिउँसो मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने हाल नम्बर नखुलेको सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

पर्सा, वीरगंज महानगरपालिका-१७ स्थित सडकमा मधेश प्रदेश-०३ ०२५ प ९७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका-१ हजरिया बस्ने ३६ वर्षीय रोसन बस्नेतको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित सडकमा बा.प्र.०२-०३९ प ११९७ नम्बरको मोटरसाकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार भक्तपुर चागुनारायण नगरपालिका-४ बस्ने १७ वर्षीय सुशिल गुरुङको मृत्यु भएको छ। दुर्गटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकमा को.१ ख ६१६९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-५ बस्ने ५२ वर्षीय केदार थापाको आइतबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Shivam cement

मृत फेला
काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित फास्टल्याण्ड होटेल एण्ड क्याफेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। शुक्रबार राति एक जना महिलासँगै आएर कोठा बुक गरी बसेका उनको कोठामै शव फेला परेको हो। हाल सम्पर्क बिहीन महिलाको खोजी भइरहेको छ।

बर्दिया, बारबर्दिया नगरपालिका-३ लक्ष्मणपुर बस्ने ६६ वर्षीय बुद्धराम थारु आफ्नै घरको धारामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरास्थित चतरा-झुम्का नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

मोरङ, विराटनगर महानगरपालिका-१९ धनपुरा बस्ने ४० वर्षीया जितनी सहनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 01, 2023| 15:12 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्