सोमबार, भदौ २९, २०८३

इन्धनको मूल्यवृद्धि फिर्ता, राति १२ बजेबाट लागू हुने

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

नेपाल आयल निगमले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम निगमले हिजो गरेको मूल्यवृद्धि आज फिर्ता लिएको हो।

प्रधानमन्त्रीको निर्देशनबमोजिम निगमले स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय गरिएको जनाएको छ। यो निर्णय आज राति १२ बजेबाट लागू हुनेछ। राति १२ बजेसम्म भने पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल १७९ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर २११० रुपैयाँमा नै बिक्री हुनेछ।

पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि फिर्ता निर्णय गरेको निगमले जनाएको छ।

निगमले हिजो खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ र डिजेल प्रतिलिटिर ६ रुपैयाँ मूल्य बढाएको थियो।

प्रकाशित: Oct 01, 2023| 14:36 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्