आइतबार, जेठ २४, २०८३

केएमसीमा कुटिए डाक्टर, विरोधमा सेवा बन्द

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एक डाक्टरमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत सबै चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

National life

आज दिउँसो करिब १ बजे ओपीडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि त्यसवरपर र भक्तपुरका केएमसीका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्।

चिकित्सकहरूले चक्रपथ बन्द गर्ने प्रयास गरेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: Oct 01, 2023| 14:30 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्