आइतबार, जेठ २४, २०८३

इन्धनको मूल्यवृद्धि फिर्ता हुने

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएका छन्। नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानै मूल्य कायम गर्न निर्देशन दिएका हुन्।

National life

पुरानो मूल्य कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने असरलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि प्रमले निर्देशन दिएको बताइएको छ।

अब आयल निगम सञ्चालक समितिको बैठकले यसबारे निर्णय गर्नेछ। सरकारले मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिए पनि कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ। मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त भएपछि मात्र निगमले मूल्यवृद्धि फिर्ताको निर्णय लिनेछ।

सरकारको निर्णयसँगै मूल्यवृद्धि फिर्ता हुँदा खाना पकाउने ग्यास र हवाई इन्धन घाटामा जाने निगमले जनाएको छ।

आईओसीले पठाएको मूल्यसूची अनुसार हिजो निगमले ग्यासमा २१५ रुपैयाँसहित सबै इन्धनको मूल्य बढाएको थियो। निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको भए पनि चाडबाडको मुखमा मूल्यवृद्धि भएको भनेर आलोचना भइरहेको छ।

Shivam cement

प्रकाशित: Oct 01, 2023| 13:16 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्