आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा सुन तस्करी छानबिन समिति गठन

पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा सुन तस्करी छानबिन समिति गठन

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०
National life
Shivam cement

सरकारले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।

चार सदस्यीय समितिमा अर्थ मन्त्रालयका केशरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी प्रतिनिधि छन्। साथै नेपाल प्रहरीका पूर्व डीआईजी सहकुल थापा पनि समितिका सदस्य छन्। समितिले तीन महिनाभित्र छानबिन सकेर प्रतिवेदन तयार गर्नेछ।

आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए।

प्रकाशित: Oct 01, 2023| 13:10 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्