आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्रीको सचिवालयले भन्यो- मूल्यवृद्धिमा सरकारको भूमिका छैन

प्रधानमन्त्रीको सचिवालयले भन्यो- मूल्यवृद्धिमा सरकारको भूमिका छैन

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा सरकारको भूमिका नरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री प्रचण्डकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको चर्को विरोधको जवाफ दिँदै यसमा सरकारको हात नरहेको बताएकी हुन्।

National life

दाहालले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट जवाफ दिँदै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत मूल्य निर्धारण हुने र यसमा सरकारको भूमिका नहुने दाबी गरेकी हुन्।

उनले भनेकी छन्, ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालित रूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ। आशा गरौं चाडपर्वको मुखमा मूल्यवृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ।'

नेपाल आयल निगमले हिजो इन्धनको मूल्य बढाएपछि सर्वत्र विरोध भइरहेको छ। ग्यासमा मात्र प्रतिसिलिन्डर २१५ रुपैयाँ बढेको छ।

 

Shivam cement

प्रकाशित: Oct 01, 2023| 11:46 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्