संघीय हिन्दू गणतन्त्र स्थापनार्थ आयोजित युवा सम्मेलन युवा विभागका संयोजक दिवस पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।
राष्ट्रिय एकता अभियान अन्तर्गतको युवा विभागले शनिबार काठमाडौंमा दोस्रो युवा सम्मेलन सम्पन्न गरेको छ। संघीय हिन्दू गणतन्त्र स्थापनार्थ आयोजित युवा सम्मेलन युवा विभागका संयोजक दिवस पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादव, अभियानका वरिष्ठ नेता वीपी यादव, अभियानका महासचिव डा. प्रभात कुशवाहा, केन्द्रीय सदस्य चन्द्र यादवलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा संयोजक यादवले विधर्मीहरुले नेपालबाट सनातन संस्कृति समाप्त गरी देशलाई गुलाम बनाउने चलखेलमा लागेकोले हिन्दू समाज संगठित भई त्यसको प्रतिरोध गर्नुपर्ने बताए। मलंगवामा भएको हिन्दूमाथिको आक्रमणमा परी घाइतेको उपचार राज्यले गराउनुपर्ने उनले माग गरे। अब संबिधान संशोधन गरी जनताको इक्छा बिपरीत लादिएको धर्मनिरपेक्ष हटाएर, राज्यलाई संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र बनाउनुपर्ने बताए।
यसैगरी महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इन्चार्ज शिशिर रञ्जीतकार, मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, प्रशिक्षण विभाग संयोजक उमेश सिंह, प्राध्यापकद्वय विजय महासेठ र कुंजीलाल यादव, जयनारायण यादवलागयतले सम्मेलनमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रम सन्चालन राकेश सिंहले गरेका थिए भने राष्ट्रिय विद्यार्थी परिषदका महसचिव पप्पू यादव र अभियानका केन्द्रीय सदस्य सूजन यादवले सहजीकरण गरेका थिए