आइतबार, जेठ २४, २०८३

फुस्रे खोलामा भेटियो १४ वर्षीय किशोरको शव

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

कास्कीको पोखरास्थित फुस्रे खोलामा एक किशोरको शव फेला परेको छ। पोखरा महानगरपालिका–१७ बिरौटा हनुमान टोल बस्ने १४ वर्षीय क्षितिज बस्यालको शव भेटिएको हो।

National life

खोलामा अड्किएको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले शव निकालेर परीक्षणका लागि गण्डकी अस्पतालमा लगेको थियो।

क्षितिजका आमाबुबा विदेशमा बस्दै आएका खुलेको छ। उनी बिरौटामा ठूली आमासँग बस्दै आएका थिए। उनको मृत्युको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

 

प्रकाशित: Oct 01, 2023| 11:35 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्