शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा तीनकुनेमा एकजनाको मृत्यु

पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा तीनकुनेमा एकजनाको मृत्यु

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet

काठमाडौंको तीनकुने शान्तिनगरस्थित बागमती नदीमा पुल बनाउन खनेएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार राति करिब सवा १  बजे बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा पुल निर्माणका लागि खनेको खाल्डोमा खसेको थियो। प्रहरीले घटनास्थलबाट मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण–४ घर भएका २० वर्षीय सरोज गुरुङ र पछाडि बसेका चाँगुनारायण–४ नै घर भएका १७ वर्षीय सुशील गुरुङलाई उद्धार गरेको थियो। उद्धार गरिएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

घाइतेमध्ये १७ वर्षीय सुशीलको बिहान पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। चालक २० वर्षीय सरोज गम्भीर घाइते छन्। उनको दाहिने खुट्टा भाँच्चिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 01, 2023| 10:35 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्