आइतबार, जेठ २४, २०८३

रहेनन् ओखलढुंगा जिसस प्रमुख खनाल

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०
National life
Shivam cement

ओखलढुंगा- जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ। उनी आमासयको ‘क्यान्सर’बाट पीडित थिए। 

उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुंगा जिल्लालाई अपुरणीय क्षति पुर्‍याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताए। खनालका दुई छोरा, दुई छोरी छन्। दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

प्रकाशित: Oct 01, 2023| 09:22 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्