सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • खोलाले बगाएको जिप टुक्रा-टुक्रा भेटियो, बेपत्ता तीनमध्ये एकको शव फेला

खोलाले बगाएको जिप टुक्रा-टुक्रा भेटियो, बेपत्ता तीनमध्ये एकको शव फेला

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

बागलुङबाट पोखरा आउँदै गरेको जिप तीन जना यात्रुसहित बाढीले बगाएको छ। शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक जिप बगाएको हो।

प्रहरीका अनुसार जिप टुक्राटुक्रा अवस्थामा मोदी खोलाको दोभानमा भेटिएको छ भने यात्रुको खोजी जारी छ। जिप तमादी खोला र मोदी खोलाको दोभानमा भेटिएको छ।

अहिलेसम्म यात्रुको सनाखत भएको छैन। बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए भने बाँकी दुई जना बाटोबाट चढेका थिए।

चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ। चालकले दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो। चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो। त्यति बेलासम्म यात्रु जिपमै थिए। यसरी जिपसहित यात्रु बग्न पुगे।


 

प्रकाशित: Oct 01, 2023| 05:44 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्