सोमबार, मंसिर २५, २०८०

ग्यासको भाउ २१ सय १० पुग्यो

 |  शनिबार, असोज १३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

काठमाडौं– खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढेको छ । शनिबार राति १२ बजेदेखि लागु हुनेगरी आयल निगमले ग्यासको भाउ बढाएको हो । मूल्य बढेसँगै ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ । दुई साताअघि पनि ग्यासको भाउ बढेको थियो । 

sagarmatha cement

इन्डियन आयल कर्पोरेसनले शनिबार पठाएको मूल्य सूचीअनुसार निगमले पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन (आन्तरिक), हवाई इन्धन (बाह्य) र एलपी ग्यासको मूल्य बढाएको हो । 

पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल/मटीतेल ६ रुपैयाँ बढेको छ । यसैगरी हयाई इन्धन (आन्तरिक) प्रतिलिटर ८ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर ६० डलर बढेको छ । 

समायोजनपछि निगमको डिपोदेखि किलोमिटरअनुसार पेट्रोल प्रतिलिटर १८०.५० रुपैयाँदेखि १८५ रुपैयाँसम्म पुगेको छ । यसैगरी डिजेल/मटीतेल १७०.५० देखि १७९ रुपैयाँसम्म पुगेको छ । हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रिय १.०९५ डलर पुगेको छ । 
 
 

प्रकाशित: Sep 30, 2023| 20:58 शनिबार, असोज १३, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्