बिहीबार, पुस ३, २०८२

एक लाख आदिवासी आर्मेनिया पलायन

 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

अर्मेनिया- अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनिया पलायन भएका छन्। 

National life

गत साता उक्त क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट अधिकांश पलायन भएका काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन्। 

अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन्। 

अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन्। 

शरणार्थीसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि  एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई  तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ। 

Laxmi sunrise bank
kumari

नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आइतबारसम्ममा त्यहाँ पुग्ने बताइएको छ। 

आर्मेनियाका पूर्वपृथकतावादी नेता आर्टक बेग्लरियानले नागोर्नो–काराबाखका बासिन्दाको अन्तिम समूह शनिबार आर्मेनियातर्फ लागेको बताएका छन्। 'अधिकांशमा केही सय व्यक्तिमात्र बाँकी छन्, तीमध्ये अधिकांश अधिकारी आपतकालीन सेवाका कर्मचारी र  स्वयंसेवक हुन्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक सोमबार नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको भीषण विस्फोटमा कम्तीमा एक सय ७० जनाको मृत्यु भएको थियो। अर्मेनियालीहरूद्वारा स्टेपानाकर्ट भनेर चिनिने खानकेन्डी नजिकै विस्फोटको कारण  अझै स्पष्ट भइसकेको छैन। 

गत बिहीबार अजरवैजानले  नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो। 

नागोर्नो–काराबाखका स्वतन्त्रता पक्षधर आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले सन् २०२४ को जनवरी १ देखि यसको अस्तित्व समाप्त हुने घोषणा गरेका थिए। नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका उनले जनताको सुरक्षाका खातिर त्यो अप्रिय निर्णय गर्नुपरेको स्पष्ट गरेका थिए।  

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि आदिवासी आर्मेनियालीहरूद्वारा नियन्त्रित थियो। सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको म्ुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान थियो।

प्रकाशित: Sep 30, 2023| 19:20 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्