चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शनिबार छेन्दुबाट नेपाल फर्किने क्रममा अभिवादन गर्दै। उनलाई सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ , नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलमा बिदाई गरेका थिए। तस्बिरः प्रदीपराज वन्त/रासस