सोमबार, मंसिर २५, २०८०

दुई बालकको मृत्युलाई लिएर अशान्त बन्यो वीरेन्द्रनगर

मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पाँच वर्षीय टुकदर्शन गिरी र विद्यालयको छात्रावासमा झुन्डिएर चामुण्डा विन्द्रासैनी नगरपालिका–२ का सलाम पुलामी मृत फेला परेपछि वीरेन्द्रनगर अशान्त।
 |  शनिबार, असोज १३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

काठमाडौं– मोटरसाइकलको ठक्कर र अर्का विद्यालयको होस्टेलमा बसेका दुई बालकको मृत्युलाई लिएर कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर अशान्त बनेको छ।वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो।

sagarmatha cement

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा आज बिहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो। बालकको मृत्युपछि आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चार लेन सडक अवरुद्ध पारेका छन्।

दुर्घटनालगत्तै फरार मोटरसाइकल चालकलाई पक्राउ गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित आफन्त र स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

आजै वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक मृत फेला परेका छन्। चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी होस्टेलमा मृत फेला परेका हुन्।

२ कक्षामा पढ्ने पुलामी शुक्रबार बेलुका बेडमा झुन्डिएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटना शंकास्पद भएकाले निष्पक्ष छानबिन माग गर्दै मृत बालकका आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् भने शव उठाउन दिएका छैनन्।

Metro Mart
worldlink

घटना संवेदनशील भएकाले अनुसन्धान प्रक्रिया सुरु भएको र होस्टेल सञ्चालकलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए।

प्रकाशित: Sep 30, 2023| 16:43 शनिबार, असोज १३, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्