आइतबार, जेठ २४, २०८३

ठगी आरोपमा पक्राउ परेका कलाकार अनमोल केसी अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई  महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको हो। 
 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

काठमाडौं– ‘रावायण’ चलचित्रमा अभिनय गर्ने सम्झौता गरेर १० लाख पेस्की लिए पनि फिल्म नखेलेको दाबीसहित निर्मात्री सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएपछि चकलेटी हिरो अनमोल केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

National life

अनमोलविरुद्ध आपराधिक विश्वासघातको उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी आरोपमा काभ्रेको साँगाबाट उनलाई पक्राउ गरेको हो।

फिल्म निर्माताले आफूलाई धोका दिएको भन्दै उजुरी बदिएपछि कलाकार  अनमोललाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दीपक थापाले बताएका छन्। 

छातीमा समस्या देखिएपछि अनमोललाई शुक्रबार राती नै अस्पताल भर्ना गरिएको उनी निकट फिल्म निर्माता सरोज न्यौपानेले बताए। अपराध अनुसन्धान कार्यालयले अनमोललाई जिल्ला प्रहरी परिसर टेकुको जिम्मा लगाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई  महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको हो।

यसअघि केसीलाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा बाक्लो संख्याका चलचित्रकर्मी बानेश्वर पुगेका थिए। आज सार्वजनिक बिदा भएका कारण प्रहरीले अनमोललाई आइतबार अदालतमा हाजिर गराउनेछ।

Shivam cement

प्रकाशित: Sep 30, 2023| 16:03 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्