सोमबार, भदौ २९, २०८३

मेलम्चीमा हाम फालेर बेपत्ता व्यक्तिको शव भेटियो

सशस्त्रको सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमान्डमा खटिएको टोलीले गजुरेलको शव मेलम्चीको ढकालखहरेस्थित इन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो।
 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

काठमाडौं– सिन्धुपाल्चोकको खोलामा हाम फालेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ। मेलम्ची नगरपालिका–११ फट्टे स्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फालेर बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले  फेला पारेको हो।

हेलम्बु गाउँपालिका–६ घर भई काठमाडौं महानगर–६ महाँकाल बस्दै आएका ६४ वर्षीय विष्णुप्रसाद गजुरेल ११ असोजमा मेलम्चीमा हाम फालेर बेपत्ता भएका थिए।

सशस्त्रको सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमान्डमा खटिएको टोलीले गजुरेलको शव मेलम्चीको ढकालखहरेस्थित इन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो।

प्रकाशित: Sep 30, 2023| 14:49 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्