आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक

विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक

चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी होस्टेलमा मृत फेला परेका हुन्।
 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०
National life
Shivam cement

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक मृत फेला परेका छन्। चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी होस्टेलमा मृत फेला परेका हुन्।

२ कक्षामा पढ्ने पुलामी शुक्रबार बेलुका बेडमा झुन्डिएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटना शंकास्पद भएकाले निष्पक्ष छानबिन माग गर्दै मृत बालकका आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् भने शव उठाउन दिएका छैनन्।

घटना संवेदनशील भएकाले अनुसन्धान प्रक्रिया सुरु भएको र होस्टेल सञ्चालकलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए।

प्रकाशित: Sep 30, 2023| 13:58 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्