बिहीबार, जेठ २२, २०८२

महिला हिंसा तथा बेचबिखनका घटनामा १४६३ जनाको उद्धार

न्यून आय भएका, विपन्न परिवारका मानिसलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर बेचबिखन गर्ने मुलुकमा नेपाल अग्र स्थानमा रहेको मानव बेचबिखन न्यूनीकरणमा सक्रिय शान्ति पुनःस्थापना गृहको विवरण।
 |  शनिबार, असोज १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

vianetvianet

काठमाडौं– मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणमा सक्रिय शान्ति पुनःस्थापनागृहले गत आर्थिक वर्ष २०७९/८० मा महिला हिंसाका घटनामा १ हजार ४६३ जनाको उद्धार गरेको विवरण सार्वजनिक गरेको छ।

शान्ति पुनःस्थापनागृहको ३०औं साधारणसभा अवसरमा संस्थाले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। संस्थाले यस वर्ष सामाजिक न्याय र आर्थिक सशक्तीकरणः मानव बेचबिखनको निर्मूलन नारासहित आफ्ना अभियान जारी राखेको बताएको छ।

कार्यक्रममा विश्वमै दोस्रो ठूलो अपराधको आकार लिएको मानव बेचबिखन तथा ओसारपोसारको आयाम फरक हुँदै गएकाले त्यसले विकराल रुप लिनुअघि नै राज्य संयन्त्र चनाखो हुनुपर्ने सुझाव सहभागी दिए।

विभिन्न बहानामा विश्वभर वार्षिक रुपमा ४० करोड बढी मानिस बेचबिखन तथा ओसारपोसारमा पर्ने गरेको विभिन्न तत्थ्यांकले देखाएको संस्थाले जनाएको छ। कार्यक्रममा ह्युमन ट्राफिकिङ ब्युरोका डिसएपी वीरेन्द्र गोदारले नेपालबाट बाह्य मुलुकमा रोजगारी तथा विभिन्न प्रलोभन देखाई महिला बेचिने अवस्था अझै पनि कलालीलाग्दो अवस्थामा रहेकोे बताए।

वैदेशिक रोजगारको प्रलोभनमा भिजिट भिसामा खाडी मुलुकमा चेलीबेटी बेचिने गरेको उनको भनाइ छ। पछिल्लो समय अफ्रिकी मुलुकमा समेत बेचिने महिलाको संख्या बढ्दै गएको उनले तथ्यांक प्रस्तुत गरे।

National life insurance

न्यून आय भएका, गरिब तथा विपन्न परिवारका मानिसलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर बेचबिखन हुने देशमध्ये नेपाल अग्र स्थानमा रहेको नेपाल प्रहरीकी डिआइजी दुर्गा सिंहले बताइन्। वैदेशिक रोजगारीबाहेक श्रम शोषण तथा नेपाली चेलीलाई भारतलगायतका अन्य मुलुकमा यौन शोषणका लागि बेचिने गरेको उनको भनाइ छ।

वैदेशिक रोजगारीकै प्रलोभनमा पछिल्लो समय महिला मात्रै नभई पुरुषसमेत बेचिने अवस्था सिर्जना भएको उनले बताइन्। देशभित्रै पनि श्रम तथा यौन शोषणका लागि होटल तथा लजमा पनि नेपाली चेली बेचबिखनमा पर्ने गरेको प्रहरी छानबिनले देखाएको उनले जानकारी दिए।

मानव बेचबिखनका आयाम बदलिँदो अवस्थामा रहेकाले समाज र राज्यलाई सुसूचित गराउन  निरन्तर प्रयास भइरहेको संस्थाकी अध्यक्ष शान्ता सापकोटाले बताइन्।संस्थाले जनसम्पर्क, यातायात व्यसायीसँगको सम्पर्क र समन्वय, होटल तथा अन्य व्यवसायीसँग सम्पर्क र समन्वय, सीमा निगरानी कार्यक्रम, पुनस्र्थापना र पुनर्मिलन, एक्सचेन्ज फर चेन्ज परियोजना, मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसलगायत कार्यक्रम गर्दै आएको छ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार र महिला हिंसाविरुद्धको अभियानमा सक्रिय युवराज खरेललाई अथक सेवा सम्मानद्वारा सम्मानित गरिएको थियो।

प्रकाशित: Sep 30, 2023| 12:25 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्