शुक्रबार, वैशाख २६, २०८२

मनसुनी वर्षा कहिलेसम्म ?

 |  शनिबार, असोज १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो। 

आगामी ३/४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ। 

आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Sep 30, 2023| 06:36 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्