सोमबार, मंसिर २९, २०८२

मंगोलियालाई धुलो चटाएको नेपाल टी-२० मा एक स्थान उक्लियो

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

नेपालको आईसीसी टी २० वरीयतामा सुधार भएको छ। आईसीसीले शुक्रबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार भएको हो। 

National life

एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियामाथि कीर्तिमानी जित हात पारेपछि नेपाललाई वरीयतामा फाइदा भएको हो।

नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्दै ३१४ रन बनाएको थियो भने ४१ रनमा उसलाई अलआउट गरी २७३ रनको जित हात पारेको थियो। 

नेपाल एक स्थान सुधार गर्दै आईसीसी वरीयताको १६ औँ स्थानमा आएको छ। नेपालभन्दा पहिलो एसोसिएट्स टिममा नामिबिया १३, स्कटल्यान्ड १४ र नेदरल्यान्ड १५ औँ स्थानमा छन्। नेपालभन्दा पछाडि यूएई १७ औँ, पीएनजी १८ औँ, क्यानडा १९ औँ र ओमान २० औँ स्थानमा छन्। शीर्ष स्थानमा भने भारत छ।  
ओडीआई वरीयतामा भने नेपाल १५ औँ स्थानमा यथावत् छ।

प्रकाशित: Sep 29, 2023| 21:36 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्