मंगलबार, चैत ३, २०८२

जिप दुर्घटनामा दुईको मृत्यु, कारण अत्यधिक लोड 

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडक खण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो।

National life

मृत्यु हुनेमा शारदा नगरपालिका–१५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेका प्रहरीले जनाएको छ।

घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याएका दुई जनाको बाटैमा मृत्यु भएको हो। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्। उनीहरुको मध्ये केहीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुई जनालाई भने जिल्ला बाहिर रिफर गरिएको छ।

शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रबार बेलुकी पौने पाँच बजे सडकदेखि करिब ६० मिटर तल खसेको थियो। अत्यधिक लोडका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
 

प्रकाशित: Sep 29, 2023| 21:31 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्