शनिबार, असार १४, २०८२

सुनसरीमा १२० किलो गाँजा बरामद

 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित चतरा पुल नजिकै बराहक्षेत्र जाने सडक खण्डबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित छ जनालाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेहरूमा भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम् साह छन्।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको सो गाँजासहित उनीहरूलाई नं १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो। 

बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

प्रकाशित: Sep 29, 2023| 21:23 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्