आइतबार, जेठ २४, २०८३

सुनसरीमा १२० किलो गाँजा बरामद

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित चतरा पुल नजिकै बराहक्षेत्र जाने सडक खण्डबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित छ जनालाई नियन्त्रणमा लिएको छ। 

National life

पक्राउ पर्नेहरूमा भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम् साह छन्।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको सो गाँजासहित उनीहरूलाई नं १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो। 

बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

प्रकाशित: Sep 29, 2023| 21:23 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्