बुधबार, भदौ ३१, २०८३

शम्भुनाथका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा गुप्ता र इन्जिनयर रामचन्द्र साहलाई शुक्रबार दोषी ठहर गरेको हो।

गुप्ता र साहलाई ६-६ महिना कैद र ७०-७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। यसअघि राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवलाई विशेष अदालतले भ्रष्टाचार मुद्दाका आंशिक रुपमा आरोप ठहर गरेको थियो। नगर प्रमुख गुप्ता २०७९ फागुन १७ गतेदेखि निलम्बित छन्।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले २०७९ माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो। इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनीसमेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

अख्तियारले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित छन्।

प्रकाशित: Sep 29, 2023| 21:08 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्