मंगलबार, फागुन २६, २०८२

छिमेकी मूलुकहरु चीन र भारतलाई अनुवादमा प्राथमिकता दिइने : कुलपति राई

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले छिमेकी मूलुकहरु चीन र भारतलाई अनुवादमा प्राथमिकता दिने बताए। प्रतिष्ठानले साहित्य (अनुवाद) विभागद्वारा अन्तराष्ट्रिय अनुवाद दिवसको सन्दर्भमा अनुवाद विमर्श कार्यक्रमको आयोजना गरेको थियो। 

National life

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कुलपति राईले भने, अनुवाद भन्नासाथ हामी अंग्रेजी मात्र बुझछौं तर अनुवादको अर्को महत्वपूर्ण कुरा भनेको राष्ट्रिय र अन्तराष्ट्रि आयाम हो। नेपालभित्रै लेखिएका कतिपय भाषा हामीले बुझेका छैनौ। बौद्ध नेपालमै जन्मेपनि बौद्ध दर्शनका कुरा नेपाली भाषामा ल्यानु जरुरी छ। भने रैथाने ज्ञान प्रणालीलाई अनुवाद गरेर अंग्रेजीसंग जोड्यो भने प्रभावि हुन्छ।

कुलपति राईले अबको अनुवाद कार्य टाढाको मानिसको मनोभाव वा मनोविज्ञान मात्रै बुझनलाई नभएर विभिन्न देशको भूराजनीतिलाई बुझ्न पनि अनुवादगर्नु पर्ने बताए। उनले भने, अहिलेको अनुवाद कार्यगर्दा सांस्कृतिक कूटनीति र भूराजनीतिको आयामलाई अनुवादसहित व्यक्त गर्ने आवश्यकता रहेको बताए। 

कार्यक्रममा डा. शिव रिजालले, ‘परिवर्तनशील नेपाली समाजिक सन्दर्भ र बललिँदो अनुवाद संकथन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।’ 

कार्यक्रममा बाल साहित्यकार–अनुवादक अनुराधाका अनुसार, नेपालमा अंग्रजीमै अनुवाद गर्नुपर्ने धुन चलेको छ। उनले बाल साहित्यमा अनुवादभन्दा बालसाहित्य नै नभएको जिकिर गर्दै भनिन् नेपालको कूल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका रहेका छन्। तर नेपालमा बाल साहित्यलाई महत्व दिइएको छैन। उनले नेपालको बाल साहित्यको इतिहास १ सय ३१ वर्ष पुगेपनि हालसम्म बालसाहित्यको कृति जम्मा ४ हजारमात्रै प्रकाशित रहेकोप्रति चिन्ता व्यक्त गरिन्। 

Laxmi sunrise bank
kumari

अनुवादक अनुराधाका अनुसार, विदेशतिर एक वर्षमा ३० हजार बाल साहित्यका कृति प्रकाशित हुने बताइन्। उनले साहित्यको सबभन्दा ठूलो बजार चीन र रसिया रहेको बताइन्।  कार्यक्रममा बोल्दै टिप्पनीकर्ता दलबहादुर आगंबुहागंले, व्यवसाय र बजारको लागि अनुवाद चाहिन्छ तर अंग्रेजी र नेपाली अनुवाद बाहेक अन्य आफ्नै देशमा बोलिने भाषाको विषयमा कुरा नै नभएको बताए।

उनले भने, 'मैले लिम्बुलाई नै मुन्धुम बुझाउनको लागि नेपालीमै अनुवाद गरेर बुझाउनु पर्छ।' मुन्धुमको भाषा बुझन भाषा वैज्ञानिक नै चाहिने हुँदा मुन्धुमजस्तो कृतिलाई विश्वबजारमा ल्याउनु पर्ने जिकिर गरे। अनुवाद विभाग प्रमुख प्राज्ञ हंसावती कुर्मीले देशकै विभिन्न भाषामा प्रतिष्ठानले अनुवाद कार्य गर्दै आएको बताइन्। उनले छिमेकी मूलुकको भाषाका कृतिहरु अनुवाद हुँदैआएकोसमेत जानकारी दिइन्। 

प्रकाशित: Sep 29, 2023| 17:59 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्