सोमबार, भदौ २९, २०८३

सहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

तनहुँ- भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ। 
सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो। 

उनले बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए। 

उक्त सहकारी संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। 

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 29, 2023| 19:21 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्