आइतबार, जेठ २४, २०८३

उड्दा-उड्दै श्रीको जहाजमा समस्या, काठमाडौंमा आकस्मिक अवतरण 

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिसय विमानस्थल काठमाडौंबाट उड्न लागेको एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा-उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ। 

National life

शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका थिए। त्यसपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।

यो जहाज त्रिभुवन विमानस्थलबाट ५८ नटिकल माइल उडिसकेको थियो। पाइलटले आकस्मिक अवतरणसँगै थप सहयोग समेत मागेका थिए । यसअघि भदौ १० गते श्री एयरलाइन्सको विमानले चरालाई ठक्कर दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द भएको थियो।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको श्रीको विमानले चरालाई ठक्कर दिएसँगै विमानस्थल बन्द गरिएको थियो। 

शुक्रबार नै इन्डिकेसन समस्याका कारण पोखरा उड्नै लागेको बुद्ध एयरको बीएचए ६१९ जहाज ‘पार्किङ वे’मै फर्काउनु परेको थियो। पछिल्लो समय जहाजहरुमा स–साना समस्या देखिंदा उडान प्रभावित हुने घटना निरन्तर वृद्धि भइरहेका छन्।

Shivam cement

प्रकाशित: Sep 29, 2023| 17:31 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्