आइतबार, वैशाख २८, २०८२

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको संख्या बढ्दै

 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको  संख्या बढ्दै गएको छ। जिल्लाका ६ वटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको संख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

triton college

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष ०७९/८० मा ६ हजार क्विन्टल नुन बिक्री भएको थियो। हाल जिल्लाको मुसिकोट नगरपालिकाकोे सेरीगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए। 

उनका अनुसार गत आवमा सेरीगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्री–वितरण भएको थियो। कार्यालयले माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको जनाएको छ। 

चालू आवका लागि पनि जिल्लामा माग गरेभन्दा झन्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ। जिल्लामा एक वर्षमा झन्डै आठ हजार क्विन्टल आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमख गौतमले जानकारी दिए। चालू आवका लागि डिपो कार्यालय सेरीगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए। 

आव ०७९/८० को भन्दा चालू आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ। कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे। सेरीगाउँबाट हरेक हप्ताको आइतबार र बिहीबार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ। 

National life insurance

प्रतिकिलो नौ रुपैयाँका दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ। मुसिकोट नगरपालिका– ५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए।

प्रकाशित: Sep 29, 2023| 21:21 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्