काठमाडौं- सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ। शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो। सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
वार्तामा शिक्षामन्त्री अशोक राई, शक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए।
संघीय संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ देशभरका विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रिएको थियो।