बुधबार, भदौ ३१, २०८३

बलुचिस्तान बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

पाकिस्तानको बलुचिस्तानमा शुक्रबार भएको आत्मघाती बिस्फोटमा मृत्यु हुनेको संख्या ५२  पुगेको छ। मृत्यु हुनेमा एक उच्च प्रहरी अधिकृत पनि छन्।

पाकिस्तानको द डन समाचारपत्रका अनुसार बलुचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिद नजिकै  सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

प्रकाशित: Sep 29, 2023| 14:40 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्