पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ बजारमा भएको एक विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
मस्तुङका एसएसपी शोएब मसुदले विस्फोटमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको बताएका छन्। प्रहरीले थप जाँच गरिरहेको उनको भनाइ छ।
बीबीसीका अनुसार उक्त हमला आत्मघाती हुनसक्ने प्रहरीको आशंका छ। आक्रमणकारीले जुलुसलाई निशाना बनाएर आक्रमण गरेको हुन सक्ने अनुमान छ।
बिस्फोटको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। बिस्फोट मदिना मस्दिज नजिकै भएको छ जहाँ मिलादको उत्सवका लागि मानिसहरु जम्मा भएका थिए।