शुक्रबार, असार १३, २०८२

विद्यालय पोसाकमा विद्यार्थीलाई रक्सी–चुरोट बेचे कारबाही

विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयले नयन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो।
 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

गोरखा–गोरखाको सिरानचोक गाउँपालिका–३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो।

वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धूमपान र मध्यपानजन्य वस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदीश्वर ढकालले जानकारी दिए।

‘वडामा बिहान ६ देखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ’, उनले भने, ‘बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई बिक्री गर्न नपाइने नियम लागू गरिएको छ।’

वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाइ गरेको बताए। वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ। निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री विद्यार्थीलाई बिक्री वितरण गरेको पाइए ५०० जरिमाना तिराइने उनले जानकारी दिए।

पछिल्लो समय विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो।  त्यस्तै, वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ।–रासस

प्रकाशित: Sep 29, 2023| 11:27 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्