शुक्रबार, असार १३, २०८२

आन्दोलनका लागि आउँदै गरेका शिक्षक परे गाडी दुर्घटनामा

 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

आन्दोलनमा सहभागी हुन सिन्धुलीबाट काठमाडौं आइरहेका शिक्षक सवार गाडी दुर्घटनामा परेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा ००१ ज ००६२ नम्बरको इलेक्ट्रिक जीप आज दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइतेहरुमा कमलामाई-६ की निरकुमारी चालिसे, कमलामाई-५ की कमला घिमिरे, तिनपाटन-१० का राजन कार्की, कमलामाई-नगरपालिका ६ का सरोज थापा, कमलामाई-१ का मुकुन्द थापा, भुवन थापा, कमलामाई-४ की बविता देवकोटा, बनेपा-१० की गार्की बस्नेत, कमलामाई-६ का विष्णु ढकाल र निश्चल ढकाल छन्।

घाइते सबैलाई धुलिखेल अस्पताल ल्याइएको छ। घाइते अधिकांशको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा खसेको थियो। गाडीमा ११ जना सवार थिए।

चालक कमलामाई नगरपालिका–८ का तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 29, 2023| 11:19 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्