आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुरुमा सरकारी हाकिममाथि बलात्कारको आरोप, बयान फेरेपछि २५ हजार धरौटीमा छुटे

सुरुमा सरकारी हाकिममाथि बलात्कारको आरोप, बयान फेरेपछि २५ हजार धरौटीमा छुटे

बिरामी कार्यालय सहयोगीका कुरुवा नभएपछि सोधपुछ गर्दा घटना बाहिरिएको थियो ।
 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं– कार्यालय सहयोगीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा छाडिएका छन्।

National life

सुरुमा आफूसँग भण्डारीले पटक–पटक जबर्जस्ती करणी गरेपछि रहेको गर्भ तुहाउँदा अत्यधिक रक्तश्राव भएको कार्यालय सहयोगीले प्रहरीमा उजुरी गरेकी थिइन्। तर, पछि अदालतमा बयान फेरेपछि जिल्ला अदालत चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले भण्डारीलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।

कार्यालय सहयोगीको वैशाखदेखि महिनावारी रोकिएपछि गत १२ भदौमा भण्डारीले आफूलाई नचिन्ने मेडिकलमा गएर गर्भपतन गराउन दबाब दिएको उनले बताएकी थिइन्। भण्डारीले कार्यालय सहयोगीलाई भरतपुर अस्पताल रोडमा रहेको प्रगति पोलिक्लिनिकमा लगेर गत १२ भदौमा गर्भपतन गराएका थिए। 

त्यसपछि अत्यधिक रक्तश्राव हुँदा गर्भपतन गराउने डा. सुनिल आचार्यले भरतपुर अस्पतालमा थप उपचारार्थ लगेका थिए। बिरामी कार्यालय सहयोगीका कुरुवा नभएपछि सोधपुछ गर्दा घटना बाहिर आएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनमा बलात्कारको अभियोगमा भण्डारीविरुद्ध उनका भाइले जाहेरी दिएका थिए। तर, सुनुवाइका क्रममा कार्यालय सहयोगीले प्रहरीमा दिएको घटना विवरणभन्दा फरक भण्डारीले शारीरिक सम्पर्क नगरेको, सहमतिमा पनि सम्पर्क नभएको, गर्भपतन गराउनसमेत नभनेको र आफू उपचाररत रहँदा भाइले थाहै नदिई जाहेरी दर्ता गरिदिएको बयान दिएकी थिइन्।

Shivam cement

प्रकाशित: Sep 29, 2023| 11:15 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्