बिहीबार, पुस १७, २०८२

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ। कानुन महाशाखाका सहसचिव कार्कीको आज बिहान निधन भएको हो।

National life

कार्कीलाई आजै बिहान ७ बजेतिर नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्‍याउँदै उनको निधन भइसकेको बताइएको छ।

केही महिना अघिमात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए। यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। उनकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धानसमेत गरेको थियो।

ओखलढुंगाका ५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित: Sep 29, 2023| 10:42 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्